कर्णाली प्रदेश

आनी छोईङ डोल्मा रारामा

तपेन्द्र एडी
२०८१ माघ २१ | मध्यान्ह ०१:१० बजे

सुर्खेत । विश्व चिर परिचित आनी छोईङ डोल्मा यति बेला नेपालको सबै भन्दा ठूलो तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल भ्रमणमा आएकी छिन। रारालाई आध्यात्मिक पर्यटनका रुपमा विकास गर्न सकिने उदेश्यका साथ विश्व चिर परिचित आनि छोईङ डोल्मा राराको भ्रमणमा आएकी हुन ।

उनलाई मुगाली भेष भुसाका साथ मुगालीले रारामा भब्य स्वागत गरेका छ्न । रारा पुग्न सहज छ, देश तथा विदेशमा बस्ने नेपालीलाई सुन्दर पर्यटकीय गन्तव्य रारा भ्रमण गर्न आनी छोईङ डोल्माले अपिलसमेत गर्नुभएको छ । उहाँको रारा आगमनले कर्णाली र राराको पर्यटन प्रवर्द्धनका ठूलो टेवा पुग्ने स्थानीयले बिश्वास लिएको छ ।उनी आज रारा असापासका बस्ती मुर्मा गाउँ र मुर्माटमाका स्थानीय संग बस्ने भएकी छ्न ।

उनको बिश्व चर्चित गित फुलकै आँखामा फुलै संसार रहेको छ ।

कमेन्टहरु