स्वास्थ्य

वीरगंज– ९ मा ९०० युवती तथा किशोरीहरुलाई एचपीभी खोप लगाईने

रंजित चौरसिया
२०८१ माघ २१ | बिहान ०६:१० बजे

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ९ का युवती तथा किशोरीहरुलाई माघ २२ गते देखि एचपीभी खोप लगाईने जनाईएको छ ।

एचपीभी खोप अभियान कार्यक्रम अन्र्तगत आईतवार वीरगंज–९को वडा कार्यालयमा वडा खोप समन्वय समितिको अभिमुखीकरण तथा बहस पैरवी बैठक सम्पन्न भएको छ ।

महिलाहरुमा हुने क्यान्सर मध्ये पनि पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा रहेको बीरगजं महानगरपालिका स्वास्थ्य शाखाका कोल्ड चेन प्रमुख रामबाबु यादवले बताए । बढ्दो तथ्यांकलाई न्यूनिकरण गर्न सरकारले नै खोप अभियान संचालन गरेको उनले बताए । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट महिलाहरुलाई बचाउन यही माघ २३ गते देखि फागुन ६ गतेसम्म खोप संचालन गरिने यादवले बताए ।

यस वडा भित्र रहेका सामुदायिक तथा नीजि सबै विद्यालयहरुमा कक्षा ६ देखि १० सम्ममा अध्ययनरत्त विद्यार्थी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षसम्मको उमेर समूहका ९०० जना बालिका तथा किसोरीहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने जनाईएको छ ।

वडा न.९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अनमी उत्तम साह, शिक्षक शिक्षिका, स्वयमसेवीका, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम संचालक वडा नं. ९ स्वास्थ्य कार्यालयका प्रमुख श्याम शंकर शाहले गरेका थिए ।

कमेन्टहरु