देश

जसपाका महन्थ ठाकुरका ६ जना सांसदले छाडे ठाकुर र महतोलाई साथ

जगत ठाडा मगर
२०७८ साउन २ | बिहान ०९:०४ बजे

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्।

ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ । बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ।

केपी ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन्। यो समाचार नागरिक दैनिकमा छ ।

कमेन्टहरु