खेलकुद

प्याराडाईज बन्यो राईजिङ भरतपुर गोल्डकप च्याम्पियन

नवलपुर टुडे
२०८१ माघ १९ | मध्यान्ह ०७:१० बजे
  1. चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको उपाधि भिडन्तमा प्याराडाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले १६ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्त्यतिर बागमतीले राम्रो अवसरहरु बनाए पनि गोल गर्न सकेन । निर्णायक गोल गरेक मोहित प्लेयर अफ दि म्याच चुनिए । च्याम्पियन बनेको प्याराडाईजले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बागमतीले तीन लाखमा चित्त बुझाएको छ ।

उपविजेता बागमतीका राज भुसाल प्लेयर अफ दि सिरिज भए । यस्तै प्याराडाईजका अभिषेक बराल उत्कृष्ट गोलरक्षक तथा प्याराडाईजकै जीवन गुरुङ उत्कृष्ट डिफेन्डर बने । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक चितवन ११ का अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।  

कमेन्टहरु