पाल्पामा बलात्कार आरोपमा युवक पक्राउ

नवलपुर टुडे
२०८१ माघ १९ | मध्यान्ह ०६:१० बजे

पाल्पा । पाल्पामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१०, गडसालका १९ वर्षीय आशीष भनिने रामजी नेपाली छन् ।
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















