विश्व

पाकिस्तानमा १८ अर्धसैनिक मारिए

दिप्शन गुरुङ
२०८१ माघ १९ | मध्यान्ह ०५:१० बजे

क्वेटा  (पाकिस्तान) । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गरिएको आक्रमणमा १८ अर्धसैनिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

मंगोचर सहरनजिकै अर्धसैनिक सवार एउटा गाडीमा सशस्त्र आक्रमणकारीले गोली चलाएका एक प्रहरी अधिकारीले एएफपीलाई बताए । आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बल दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

कमेन्टहरु