खेलकुद

स्व.उमा रेश्मी मगरकाे स्मृतिमा साताैं न्यू सृजना कप नटआउट फुटबल प्रतियाेगिता २०८१ हुने 

पार्बती थारु
२०८१ माघ १८ | मध्यान्ह ०५:१० बजे

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा- १३ करौजियामा सातौं न्यू सृजना कप नकआउट फुटबल प्रतियाेगिता २०८१ हुन गइरहेकाे छ । न्यू सृजना युवा क्लबकाे आयाेजनामा प्रत्येक वर्ष हुँदै आइरहेकाे नटआउट फुटबल प्रतियाेगिता  यसवर्ष पनि आयाेजना हुने भएकाे छ ।

तिलाेत्तमा- १३ कराैजिया निवासी समाजसेवी तथा बुद्धिजीवी श्री कुलबहादुर रेश्मी मगरकाे श्रीमती स्व.उमा रेश्मी मगरकाे स्मृतिमा याे वर्षको साताैं न्यू सृजना कप नटआउट फुटबल प्रतियाेगिता हुन गइरहेकाे हाे । न्यू सृजना युवा कल्बकाे खेल मैदानमा हुने प्रतियाेगितामा प्रथम पुरस्कार रु.१ लाख २२ हजार ५ सय नगद राशिसहित कप, मेडल र प्रमाणपत्र रहेकाे छ । 

फुटवल खेलमा भविष्य देख्ने खेलाडीलाई सम्मान र प्राेत्साहन स्वरुप कराैजिया निवासी स्व.उमा रेश्मी मगरकाे स्मृतिमा उहाँकाे श्रीमान कुल बहादुर रेश्मी मगर  र उहाँका स-परिवारले प्रथम पुरस्कारकाे प्रयाेजन गर्नुभएको  छ । 

यसैगरि द्वितीय पुरस्कार रु ६५ हजार नगद राशिसहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारसहित कप, मेडल र प्रमाणपत्र, सर्वाधिक गाेलकर्ता खेलाडीलाई नगद रु ५ हजारसहित कप, मेडल र प्रमाणपत्र, उत्कृष्ट गाेलरक्षकलाई नगद रु.५ हजारसहित कप, मेडल र प्रमाणपत्र, उदयमान खेलाडीलाई नगद रु.३ हजारसहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने आयाेजकले नवलपुर टुडेलाई जनाएको छ । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारले सम्मान गरिने क्लबका अध्यक्ष साेवित थापा दर्लामीले बताउनुभएको छ । 

नाईन ए साइड र फिफाकाे नियम अनुसार खेलाइने यस फुटबल खेलमा १६ जना खेलाडी र २ जना अफिसियल नामावली हुनुपर्ने छ । खेलमा सहभागी खेलाडी खेल अविधिभर दिउँसाे २:३० जबे भित्रमा खेल मैदानमा प्रवेश गरिसक्नु पर्नेछ । टिम दर्ता सुरु भइसकेकाेले यहि माघ २९ गतेसम्म साझ ४ बजेसम्म रु ८ हजारसहित  टिम दर्ता गर्न अनुराेधसमेत गरेको छ । खेलकाे टाईसिट प्रकाशन यहि फागुन १ गते हुनेछ । 

अनुशासन विकास र गतिशीलताका लागि खेल खेलाैं स्वस्थ रहाैं, राष्ट्रलाई टेवा पुर्याऔ भन्ने नारासहित यहि फागुन ७ गतेदेखि २४ गतेसम्म नटआउट फुटबल खेल हुनेछ । 

कमेन्टहरु