कपिलवस्तुमा एच.पि.भी. खाेप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका वडा नम्बर ६ मा किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धकाे खाेप अभियान सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा केन्द्र बद्दौरका प्रमुख सुरेस बस्यालले करिब १ सय १७ जना किशोरीलाई एच.पि.भी. खाेप लगाउने बताउनुभयो ।
संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार गाउँपालिकाको ६ नम्बर वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको बस्यालले बताउनुभयो। विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरु समेत सहभागी हुनेछन् । विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने व्यवस्था गरिएको बस्याल बताउनुभयो ।
पाठेघरको क्यान्सर न्यूनीकरणका लागि किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप माघ २२ गते हरिबोध आधारभुत बिद्यालय प्रेमनगरमा, २३ गते रामशारण आधारभुत बिद्यालय जुडपनिया र २४ गते छुट्पुटलाई आधारभुत अस्पताल बद्दौरमा लगाईने बस्यालले बताउनुभयो ।
बिजयनगर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गाेपाल बहादुर कलावारले कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले सबै सरोकारवालाले पहल गर्नुपर्ने बताउँदै विद्यालयका प्र.अ. स्वास्थ्य शाखा, कर्मचारी र जनप्रतिनिधिहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतकाे उपस्थिति रहेको थियोे ।























