दाङमा कुखुरा गाडीको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ माघ १८ | मध्यान्ह ०३:१० बजे

दाङ । दाङमा कुखुरा बोक्ने गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–३ पुरन्धारा निवासी ४५ वर्षीया फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।
शुक्रबार बिहान ११ः५० बजेको समयमा सतबरियादेखि लमहीतर्फ जाँदै गरेको लु ३ च ३०९० नम्बरको ब्रोइलर कुखुरा बोक्ने गाडीले ठक्कर दिएको प्रहरीको भनाइ छ। दाङको पुरन्धाराबाट लमही नगरपालिका–७ कप्तानगन्ज आफन्तकोमा आएर घर फर्किनका लागि सडक किनारमा बस कुरेर बसेको बेला गाडीले ठक्कर दिएको थियो।
घाइते हुनेमा लमही नगरपालिका –७ नयाँ बस्ती बस्ने वर्ष ६२ की फुलपतिया चौधरी र सोही ठाउँ बस्ने वर्ष ६५ की उदेसनी चौधरी छन्। गाडी चालक लमही नगरपालिका–६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।























