खेलकुद

बागमती राईजिङ भरतपुर गोल्डकपको फाइनलमा

नवलपुर टुडे
२०८१ माघ १७ | मध्यान्ह ०७:१० बजे

चितवन । बागमती युथ क्लब सर्लाही मिन्नानो राईजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिता अन्तर्गत आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनलमा सरस्वति क्लब काठमाडौंलाई ४-० ले हराउँदै बागमतीले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

बागमतीलाई जिताउन राज भुसालले दुई तथा सनम धिताल र सुजन गुरुङले समान एक-एक गोल गरे । दुई गोल गरेका राज प्लेयर अफ दि म्याच भए । 

photo 2025 01 30 19 34 04

बागमतिले अब उपाधिका लागि प्याराडाईज युथ क्लब रत्ननगरको सामना गर्नेछ । प्याराडाईज यस अघि सम्पन्न पहिलो सेमिफाइनलमा आबुँखैरेनीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल माघ १९ गते शनिबार दिउँसो २:३० बजे हुनेछ । 

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले तीन लाख प्राप्त गर्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

 

कमेन्टहरु