नेपालका लागि सिता राना मगरले सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले १७ बलमा २ छक्का र एक चौकाको मद्दतमा २७ तथा पूजा महतोले १४ बलमा २ छक्का र २ चौकाको मद्दतमा २४ रन बनाएपनि हार भने टार्न सकेनन् । रुबिना क्षेत्रीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बरु नेदरल्यान्ड्सका बलरले १६ रन अतिरिक्त दिएका थिए ।
नेपाललाई सस्तैमा समेट्न इभा लिन्च र क्यारोलिन लाङ्गेले समान २ विकेट लिइन् ।यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो । डच टोलीका लागि रोबन लिच्केले नटआउट ५९ र इरिस विलिङले नटआउट ३१ रन बनाइन् ।
नेपालका लागि पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सिता राना मगरको नाममा समान एक विकेट रह्यो । बिहीबार सुरु त्रिदेशीय शृङ्खला माघ २५ गतेसम्म सञ्चालन हुनेछ। शृंखलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि सहभागी छ ।
शुक्रबार नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ । नेपालले भने शनिबार थाइल्यान्डसँग खेल्नेछ ।

























