नेदरल्यान्डसले नेपाललाई दियो १५८ रनको लक्ष्य

नवलपुर टुडे
२०८१ माघ १७ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । त्रिदेशीय महिला टी–२० शृंखलाको पहिलो खेलमा नेदरल्यान्डसले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्डसले चार विकेटको क्षतिमा १५७ रन बनाएको हो ।
नेदरल्यान्डस्का लागि रोबिन रिज्केले अर्धशतक प्रहार गरिन् । उनले ४८ बलमा आठ चौकाको मद्दतले ५९ रन बनाइन् ।त्यस्तै, आइरिस विलिङले ३१ रन बनाइन् । उनले १३ बलमा पाँच चौका प्रहार गरिन् । यस्तै स्टेर कालिसले २९ र हेइदर सिजरले २३ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले एक–एक विकेट लिइन् । प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत सबै खेल माघ २५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।























