बालुवाटारलाई पार्टी बैठकस्थल नबनाउन र जनता बाट संकलित करको अपमान नगर्न देउवालाई नागरिक आन्दोलनको अपिल


काठमाडौं । वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारलाई पार्टी कार्यालय नबनाउन अपिल गरेको छ र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलनको आग्रह रहेको छ ।
“नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकार कै चरित्रलाई निरन्तरता दिन खोजेको आरोप लागेको छ ।
बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता–कार्यकर्ताको आश्रय/विश्राम/भेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलनले सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा प्रायः पार्टीका बैठक राख्ने गरेका थिए । उक्त विषयप्रति उनको चर्को आलोचना समेत भएको थियो ।






















