स्वास्थ्य

निःशुल्क आँखा शिविरबाट दुई  सय ५९ जना लाभान्वित

अमृत भट्टराई
२०८१ माघ १७ | बिहान ०६:१० बजे

पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा २ बर्राचौरको वडा कार्यलयमा एकदिने आँखा शिविर सम्पन्न भएको हो । बर्राचौरमा रहेको शितल चौतारी युवा क्लबको आयोजना विहादी गाउँपालिका को समन्वय र हिमालय आँखा हस्पिटल पोखरा १७ घारीपाटीका नेत्र को प्रविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

उक्त शिविर मा २५९ जनाले आँखा चेकजाँच गराएको थिए भने १०० जनालाई चस्मा ,  साथै १३ जनालाई दृष्टिसम्बन्धी समस्या देखिएकाले थप उपचारका  र  सल्यक्रिया का लागि पर्वत जिल्ला पठाएको छ । अन्य लाई औषधि वितरण गरिएको  हिमालय आँखा हस्पिटल पोखरा १७ घारीपाटीका नेत्रज्योति डा  धर्वेनर कुमार बुढा घोडासोनिले जानकारी दिए ।

शिविरमा बर्राचौर , रानीपानी , बाच्छा लगायतका ठाउँबाट आँखा चेकजाँचका लागि आँखा सम्बन्धि बिमारी आएको शितल चौतारी युवा क्लबका अध्यक्ष राजन शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष गणेश शर्मा पौडेल , वडा सदस्य ज्ञानु गिरि , कृष्ण पुरी , सुकमाया गुरुङ  लगायतको उपस्थिति रहेको थियो । उक्त शिविर गाउँमा आवश्यक छ भनेर विशेष पहल गरि वडा सम्म स्थानीय युवा तथा व्यावसायिक थमन सिङ गुरुङको पहलमा बर्राचौरमा शिविर आएको क्लबका सचिव विक्रम धमेलले बताए ।

कमेन्टहरु