देशभर पछिल्लो २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन १ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ हजार १८२ जनाको नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ जना र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना कोरोना मुक्त भएका छन् ।























