मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
स्वास्थ्यकर्मीका लागि एचपीभी खोप अभियान सम्बन्धि गोष्ठी


बाजुरा, माघ १६ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि एच.पि.भि. खोप अभियान सम्बन्धि १ दिने अभिमुखोकरण गोष्ठी गरिएको छ । हिमाली गाउँपालिका स्वास्थ्य शाखा कार्यालय आयोजनामा एक दिने गोष्ठी गरेका छन । १० देखि १४ वर्ष सम्मका बालिकाहरूलाई लक्षित गर्दै माघ २२ देखि फागुन ६ गतेसम्म विद्यालयबाट खोप लगाउने अभियान रहेकोे छ । विशेष गरेर ६ कक्षादेखि १० कक्षासमम अध्ययनरत छात्राहरूको उमेर समूहभित्र पर्ने भएकाले सुरुवातीको यो चरणमा खोप लगाउँदा प्रभावकारी हुने भएको छ ।
एचपीभी खोप लगाउन जाँदा विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीहरूले उमेर खुल्ने प्रमाणपत्र लिएर खोप लगाउन जानुपर्ने छ । भने विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरूले विद्यालयको परिचयपत्र देखाउनुपर्छ । सोही अनुसार हिमाली गाउँपालिकामा एचपीभी विरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरुलाई एक दिने गोष्ठी सञ्चालन गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, पालिका स्तरीय जनप्रतिनिधि र सरोकारवाला निकायलाई कार्यक्रमबारे जानकारी गरिएको हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द सहकारीले बताउनुभयो ।
एचपीभी खोप लगाउन १४ वटा स्वास्थ्य संस्था २२ वटा बिधालय खोप केन्द्रमा गएर खोप लगाइदिनु हुने अनुरोध समेत गरेको छ । आ-आफ्नो नजिक पर्ने स्थानमा सहभागी भएर एचपीभी खोप लगाएर अभियान सफल पार्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला भुमिका अहम् रहेकोे हिमाली गाउँपालिका निमित्त प्रमख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो । पालिकामा कोही किशोरीहरु नछुट्ने विश्वास व्यक्त गरेका छन् ।
पालिका स्तरीय एचपीभी खोप सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी स्वास्थ्य शाखा प्रमुख गोबिन्द सहकारी र स्वास्थ्यकर्मीहरुको सहभागिता स्वास्थ्यकर्मीहरुका लागि एच.पि.भि. खोप अभियान गोष्ठी गरिएको छ ।























