कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कृषकलाई फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि तालिम

उमेश रोकाया
२०८१ माघ १६ | मध्यान्ह ०६:१० बजे

बाजुरा, माघ १६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सञ्चालन गरिएको छ। २ र ३ वडाका गाउँमा फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि एक दिने स्थलगत तालिम सम्पन्न गरि १ र ५ वडामा सञ्चालन गरिएको छ । उहाँले बताउनुभयो, “खाद्य वृक्षारोपण कार्यक्रम अन्तर्गत लगाएका बर्खा तथा हिउँदे फलफूलको बोटलाई व्यबस्थित रुपले खाटछाट गर्नका लागि बढीभन्दा बढी गुणस्तरीय फल, बिरुवाको आकार, कृषकहरुलाई जलमल व्यवस्थापन गर्नका लागि यो कार्यक्रम गरिएको हो।”

बिरुवा काटछाट तथा रोग किराको बारेमा अमिलो जातमा लाग्ने रोग किराहरु बारेमा प्रयोगात्मक रूपमा तालिम दिएको छ । बिरुवा काटछाटका सामान लिएर बोट पेष्ट, सिकेचर, आरी र ब्रस प्रयोग गरेर कृषि प्राबिधिकहरुले गाउँका अगुवा कृषकहरुलाई कम्तीमा २५ जनाभन्दा माथी कृषिहरुको समुह सहभागिता गराइ प्रतिनिधिको रोबरमा स्थलगत तालिम सञ्चालन गरिएको छ । कृषकहरुलाई प्रत्येक्ष रूपमा प्राविधिकले गराएर देखाउने त्यसपछि कृषकलाई प्रयोगात्मक रूपमा गर्न लगाउनको लागि सोही कार्यक्रम गरिएको हो । यही महिनाको माघ २५ गते भित्र सिध्याउने गरि लागिपरेको हिमाली गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर शाहीले बताउनुभयो ।

१ र ५ नम्बर वडामा फलफूल बगैंचा काटछाट तथा व्यवस्थापन सम्बन्धि तालिम गरिरहेका छन । वृक्षारोपण कार्यक्रम अन्तर्गत गाउँमा लगाएका स्याउ ओखर सुन्तला कागती अनार डाले गाँस किम्बु र बाच लगायत बोटहरुमा अगुवा कृषक सहभागिता गराइ बिरुवा काटछाट सम्बन्ध तालिम भैरहेको छ । बोट भाग तथा बिरुवामा बोर्डो पोष्ट लगाउने ब्रस, सिकेचर र आरा एक कृषक समुह १ सेट सामग्री हस्तान्तरण गर्ने गरेको छ । पालिका कृषि प्राविधिक कर्मचारी गाउँमा खटाएका छन । कृषकले लगाएका फलफूल खेती थप उर्जा गर्नका लागि कृषकको खेतबारीमा स्थलगत पुगेर बिरुवा काटछाट सम्बन्धि तालिम प्रदान गरेको छ । तालिम लिएका कृषकले आफै बिरुवा काटछाट गर्ने खालको योग्य बनाउने गरि तालिम प्रदान गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु