प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच बालुवाटारमा भेटघाट सम्पन्न

जगत ठाडा मगर
२०७८ साउन १ | मध्यान्ह ०५:०४ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ राजदूत होउ यान्छी बालुवाटार पुगेकी छन । शुक्रबार दिउँसो राजदूत यान्छी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका हुन्। उनले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए।
‘आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ। म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु,’ प्रधानमन्त्री देउवाले लेखेका छन्।
यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्यान्डी बेरी बुढानिलकण्ठ पुगेका थिए।























