दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको जगन्नाथमा ट्रक दुर्घटना

उमेश रोकाया
२०८१ माघ १३ | मध्यान्ह ०३:१० बजे

बाजुरा, माघ १३ । कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका २ नुनेपानीमा ट्रक दुर्घटना भएको छ । आइतवार बिहान नेपालगञ्जबाट ईटा, सरीया, सिमेन्ट लगायतका सामान बोकेर हुम्ला जादैँ गरेको ट्रक दुर्घटनामा परेको हो ।
विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा भे १ ख २४४५ नम्मरको ट्रक एक्कासी ब्रेकफेल भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिएका छन् । उनका अनुसार ट्रक चालक र सह–चालकलाई सकुसल उद्धार गरिएको छ । सडकमै ट्रक पल्टिएपछि अहिले सो सडकखण्ड अवरोध भएको छ । अहिले प्रहरी चौकी जुड्डीबाट प्रहरीको टोली खटिएको र अवरोध सडक खुलाउन पहल भइरहेको जनाएको छ ।


















