देश

ट्रकको क्याबिन भित्र महिलाको बलात्कार, दुई जना पक्राउ, दुई जनाको खोजी जारी

जगत ठाडा मगर
२०७८ साउन १ | मध्यान्ह ०४:०४ बजे

वीरगञ्ज । लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटनामा संलग्न भएको आरोप लागेका दुई जना फरारको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका – ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका छन । पक्राउ परेका दुबै ट्रक चालक हुन्।

उनीहरुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए। पीडित महिला १९ वर्षकी रुकुमकी हुन। उनले प्रहरीलाई बताएअनुसार असार २७ गते बिहान दुई वर्षको छोरासहित बुटवल जाने काठमाडौंको कलङ्की चोकमा सार्वजनिक सवारी साधन कुरी बसिरहेकी थिइन्।

लिफ्ट दिने नाममा बन्धक बनाएर बलात्कार गरेको उनले बताएकी छन्। महिलाले ट्रकको क्याबिनमा नै बलात्कार गरेको बताएकी छन्। बाराको जंगलमा ट्रकभित्र बलात्कार गरेको पीडित महिलले प्रहरीलाई बयान दिएकी छिन ।

कमेन्टहरु