अपराध गरेर जेलबाट छुटेर फेरि पनि लागुऔषध कारोबारी पक्राउ


दाङ । बिहीबार दिउँसो बाँकेबाट दाङतर्फ लागुऔषध खैरो हेरोइन बोकेर आउँदै गरेका दुई युवालाई प्रहरीले पक्राउ गर्यो । बाँके जिल्लाको जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी र डुडुवा गाउँपालिका १ खचैडाका ३० वर्षीय राजु भनिने नोर महोम्मद दर्जी दाङको लमही नगरपालिका ९ तल्लो अमेलिया चोकबाट साढे २ बजे पक्राउ परे।
दाङको अमेलिया र बाँकेको राप्ती सोनारी गाउँपालिका पूर्वपश्चिम राजमार्गले जोडिएका सीमा क्षेत्र हुन्। गोप्य सूचनाको आधारमा पक्राउ परेका उनीहरूको साथबाट बरामद खैरो हेरोइन तत्काल तौल गर्दा ११० ग्राम रहेको प्रहरी बतायो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार जसको बजार मूल्य कम्तीमा पनि १२ लाखदेखि १५ लाखसम्म पर्ने बताए । प्रतिबन्धित खैरो हेरोइनसहित पक्राउ परेका दुई व्यक्तिका बारेमा प्रारम्भिक अनुसन्धान गर्दा दुबै जना पहिले पनि जेलबाट छुटेको खुल्न खाएको एसपी काफ्लेले बताए ।
पक्राउ परेकामध्ये योगी २०७१/०७/२३ गते महानगरिय प्रहरी वृत्त कालिमाटीबाट लागुऔषध खैरो हेरोइन २० ग्राम ६२० ग्रामसहित पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले योगीलाई ६ वर्ष कैद सजाय तोकेपछि उनी तोकिएको सजाय भुक्तानी गरी केही समय अगाडि मात्र जेलबाट छुटेका थिए।
त्यस्तै, दर्जी २०७०/०८/१६ गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट डाँका चोरी कसुर मुद्दामा दुई वर्ष कैद भुक्तानी गरी कारागारबाट रिहा भएको बताए तथ्य छ ।























