मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
निजामती कर्मचारी संगठन बुढिनन्दा दोस्रो अधिवेशनमा अध्यक्ष पाध्या चयन

उमेश रोकाया
२०८१ माघ ११ | मध्यान्ह ०७:१० बजे

बाजुरा, माघ ११ । नेपाल निजामती कर्मचारी संगठन बुढिनन्दा नगरपालिकाको दोस्रो अधिवेशन कोल्टिमा सम्पन्न अध्यक्ष धर्मराज पाध्या चयन हुनुभएको छ । नेकपा एमाले बाजुरा जिल्ला कमिटी उपाध्यक्ष एवम् बुढिनन्दा नगर प्रमुख जनक कुमार बोहराको प्रमुख आतिथ्यमा अधिवेशन संचालन गरिएको छ ।
उक्त अधिवेशनबाट अध्यक्ष धर्म राज पाध्या उपाध्यक्ष मन्जु भाट सचिब कालिका उपाध्याय सह सचिब टन्क रोकाया कोषाध्यक्ष सन्तोशी बि क लगायत १७ सदस्य समिती गठन गरिएको छ । नयाँ निर्वाचित समिति सम्पुर्णलाई नगर प्रमुख जनक कुमार बोहराले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना शुभकामना व्यक्त गर्नुभएको छ ।


















