गण्डकी प्रदेश

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

नवलपुर टुडे
२०८१ माघ ११ | मध्यान्ह ०६:१० बजे

 यसअघि गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिउँसो २ बजेदेखि आरम्भ हुनेगरि अधिवेशनको आह्वान गरेको जनाएका छन्। 

गत असोज ८ गते प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि बस्न लागेको प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश सरकारले १० वटा विधेयक लैजाने तयारी गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही अघि बताएका थिए । उसो त प्रदेश सभामा दुई वटा विधेयक विचाराधीन अवस्थामा छन्। 

कमेन्टहरु