दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बसको ठक्करबाट एक बालकको मृत्यु


बाजुरा, माघ १० । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-८ बेतालमाण्डौमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-८ बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार मार्तडीबाट महेन्द्रनगर जादै गरेको सु प प्र ०१-००१-१०२० नम्बरको बसले बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको बताए ।
मार्तडीबाट महेन्द्रनगर तर्फ गइरहेको बसले सडकमा बाटो काट्ने क्रममा बसले हानेर बिहीबार दिउँसो ३ः३० बजे मृत्यु भएको प्रहरी नायव उपरिक्षक गिरीले बताएका छन् ।
बालकलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक गिरीको भनाई रहेको छ ।


















