अपराध

सप्तरीमा १५ वर्षीया किशोरी करणी गरेको अभियोगमा एकजना नियन्त्रणमा

नवलपुर टुडे
२०८१ माघ १० | मध्यान्ह ०६:१० बजे

बिष्णुपुर गाउँपालिका-१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ। अकलेशले क्याम्पस जाँदै गरेकी ती बालिकालाई सोही गाउँपालिका-७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्टहरु