मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामिकार्तिकका दुर्गम गाउँमा सडक जोड्दै

उमेश रोकाया
२०८१ माघ ९ | मध्यान्ह ०८:१० बजे

बाजुरा, माघ ०९ । जिल्लाकाे पुर्वी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाको दुर्गम गाउँमा सडक जोड्दै गएको छ । “बाजुरा जिल्लाकै दुर्गम पालिका मानिने स्वामिकार्तिक खापर गाउँपालिकामा सबै वडा बस्ती सडक पहुँचमा ल्याउन गाउँपालिका तिव्र रूपमा लागिपरेको छ ।” अरु वडामा सडक पुगेको छ । अहिले विशेषगरी वडा नम्बर १ र २ साबिक सापाटा लगायत कालिकोट जिल्लालाई छुने हिसाबले सडक निर्माणकार्यमा अगाडि बढाउने काम लागिपरेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

आजभोलि रातापाटामा डोजरले सडक चट्टान काटिएको छ । साबिक सापाटा जाने सडक गाउँपालिका केन्द्र बाट बाम, बाहुनी, रातापाखा हुँदै रुढी बस्ती सहित कालिकोट जिल्ला निस्कने गरि काम भैरहेको छ । माथिल्लो बाट लामो पर्ने हुँदा पालिकाबाट छोटो दुरी सजिलो हिने तरिकाले सडक काट्ने काम भएको छ । सडक काट्दा बिचमा अहिले चट्टान नै चट्टान फोट्ने काम भएपनि अझ करिब २ सय मिटर जति चट्टान काट्न बाकी रहेकोे छ ।

साबिकको साप्पाटा गाविस हाल १ र २ को वडालाई सडक जोडियो भने साप्पाटा लगायत कालिकोट जिल्लाका मान्छेलाई सडक सेवा पाउने भएका छन । माथीबाट सडक लामो संगै खर्च धेरै हुने हुँदा अहिले तलबाट छोटो पर्ने भएकाले सडक निर्माण गर्ने काम निरन्तर चलिरहेको छ । दुर्गमका वडा बस्तीमा सडक संजाल जोडी छिटो पुर्‍याउन सकियो भने त्यहाँका स्थानीयलाई गाउँपालिका आउन जान सजिलो हुनेभएको छ। सडक गाउँ बस्तीमा पुग्यो भने त्यहाँका स्थानीय घण्टौ पैदल यात्रा गरेर हिड्नुपर्ने बाध्यता हट्ने भएको छ ।

अहिले पालिकाको बजेटले सकेजति सडक निर्माणकार्यमा लगानी लगाएको छ । त्यहीँ सडकमा शुदुरपश्चिम प्रदेश बाट २५ लाख परेको छ । भने त्यसको ठेक्का प्रक्रिया हुन बाकी रहेकोे गाउँपालिकाले जनाएको छ । पालिकामा स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी र सडक विकासका गति पहिलोको भन्दा अगाडि बढिरहेको छ। ” विशेषगरी आफ्नो लडाइ यहाँ स्थानीयका भोकमरी, अशिक्षा, बेरोजगारी र गरिबी जस्ता समस्या समाधान गर्नका निम्ति रातदिन लागेको छु ।” आफ्नो कार्यकाल सम्म सक्दो काम गरिने भएको अध्यक्ष रोकायाले बताएका छ्न ।

कमेन्टहरु