देश

वीरगञ्जको रजतजयन्ती चोकबाट लागु औषधसहित दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १ | मध्यान्ह १२:०४ बजे

वीरगञ्ज । वीरगञ्जको रजतजयन्ती चोकबाट लागु औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरु दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार बिहीबार अपरान्ह ४ बजे वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो । शंकास्पद रुपमा पैदल हिँडि रहेका दुवैजनालाई रोकी चेकजाँच गर्दा खड्काले लगाएको जिन्स पाईन्टको कम्मर पेटीमा पत्रिकाले र दुबै खुट्टामा पाइन्टभित्र सेतो टेपले बेरेको अवस्थामा लागु औषध फेला परेको थियो ।

खड्काको साथबाट नुर्फिन १५० एम्पुल, डाइजेपाम १४८ एम्पुल र फेनारगन १५० गरी जम्मा ४४८ एम्पुल तथा नाईट्राभेट ट्याब्लेट २० पत्ता ६ सय ट्याब्लेट फेला परेको डिएसपी खनालले बताए । हुमागाई भने उनको साथमा आएका थिए ।

कमेन्टहरु