मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
चिसोमा बिद्यार्थीलाई न्यानाे कपडा बितरण


बाजुरा, माघ ०९ । जिल्लाकाे स्वामिकार्तिक खापर गाउँपालिका भित्र रहेका बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानाे कपडा बितरण गर्न थालिएको छ । चिसाेबाट बच्च पालिका भित्र रहेको बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, शिक्षिकाकाे लागी न्यानाे कपडा बितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ।
छिमेकी देश भारत निवासी सामाजिक अभियान्ता विपिन, सम्वन्धीत विद्यालय र केही सहयोगीदाताको आर्थिक सहयोगमा उपलब्ध भएको ज्याकेट,टिर्सट र ट्राउजर बिद्यालयमा अध्ययनरत बिद्यार्थी,शिक्षक र शिक्षिकाहरुलाई बितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन ।
गाउँपालिका भित्र रहेका बिद्यालयमा अध्ययनरत छात्रा तथा शिक्षिकाकाे लागी सामाजिक अभियान्ता बिपिनले नि:शुल्क न्यानाे कपडा उपलब्ध गराएका हुन भने छात्र र शिक्षककाे लागी विद्यालयबाट आर्थिक सहयाेगमा आवस्यकता अनुसारको न्यानो लुगा उपलब्ध गराईएकाे अध्यक्ष राेकायाले बताएका छन् विद्यालयका विद्यार्थी र शिक्षक, शिक्षिकाको तथ्याकं संकलन गरेर न्यानो लुगा खरीद गरि वितरण गर्न थालिएको अध्यक्ष राेकायाकाे जनाएको छ । गाउँपालिका भित्रका २६ वटा सामुदायिक विद्यालयका ४ हजार एक सय विद्यार्थी र शिक्षक, शिक्षिकालाई न्यानो लुगा सम्वन्धीत विद्यालयबाट वितरण गरिने अध्यक्ष रोकायाले बताउनुभएकाे छ । कपडा बितरण कार्य वडा नम्बर ५ जेरामा रहेकाे भैरवनाथ माध्यामिक बिद्यालयबाट सुरु गरिएको हाे।अध्यक्ष रोकायाले दुर्गम विकट गाउँपालिकामा पुगि न्यानो लुगा वितरण कार्यमा सहभागि सामाजिक अभियान्ता लगायत सम्पूर्ण सहयोगीदातालाई धन्यवाद दिनुभएको छ ।
चिसाेबाट बच्नकाे लागी न्यानाे लुगा बितरण गरिए सङ्गै बिद्यार्थीकाे पढाईमा सहज हुने भएको छ । चिसाेकाे समयमा थाेरै भए पनि राहत मिल्ने बिद्यालयकाे बिश्वास रहेकाे छ । पालिका भित्र रहेका बिद्यालयमा अध्ययनरत बिद्यार्थी,शिक्षक र शिक्षिकालाई न्यानाे कपडा बितरण गर्ने कार्य अगाडि बढेसङ्गै बिद्यार्थीकाे पढाई लेखाईमा केही सहजता मिल्ने गाउँपालिकाले बिश्वास गरेकाे छ । चिसाेबाट जाेगिन न्यानाे कपडा पाए सङ्गै बिद्यार्थीहरु खुसि भएका छन्।























