देश

मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

जगत ठाडा मगर
२०७८ साउन १ | बिहान ०९:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन रातिबाट अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरिएको हो ।

बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो बिहीबार बहिस्कार गर्दै प्रदेश सभाबाट बाहिरिएका मुख्य मन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।

हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखमार्फत् थप छलफलका लागि समय माग गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले छलफल गर्न विपक्षी सांसदहरूसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभा हलबाट बाहिरिएका थिए । सोही आधारमा सत्तापक्षको सदन बहिस्कार पछि आज दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेको थिए । तर मुख्यमन्त्री पोखरेलले मध्यरात सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।

कमेन्टहरु