मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

विधालयमा अभिभावक, विद्यार्थी र शिक्षक बिच अन्तरक्रिया

उमेश रोकाया
२०८१ माघ ७ | मध्यान्ह ११:१० बजे

बाजुरा, माघ ०७ । विधालयमा विद्यार्थीहरुको पढाईलाई गुणस्तरीय बनाउन विद्यार्थी, अभिभावक र शिक्षक बिच अन्तरक्रिया कार्यक्रम गरेका छन ।बुढिनन्दा नगरपालिका- ९ मा रहेकोे सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालयले निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ । विधालयको बालबालिकाको पढाइमा सुधार ल्याउन थप निःशुल्क कक्षा सञ्चालनमा ल्याएको विधालय प्रधानाध्यापक तुला बहादुर रावतले बताएका छन ।

उनका अनुसार आईतबार बसेको शिक्षक अभिभावक संघको भेलाले विधालयमा नि:शुल्क कक्षा सञ्चालन गर्न निर्णय गरेको छ । विद्यालयमा प्राय जनजाती (भोटे समुदायका) अनाथ विपन्न बालबालिकाहरु पढ्ने भएकोले उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्नका उक्त कार्य गरिएको विद्यालयले जनाएको छ । थप कक्षाले यहाँका बालबालिकाको पढाइमा थप प्रोत्साहन गर्नुका साथै आगामी चैतमा आउने अन्तिम परीक्षामा समेत सहज हुने प्रधानाध्यापक रावतले बताए ।

जिल्लाको एक जनजातिको विद्यालय हो । यहाँका प्रायः पछिल्लो समय भोटे भाषा पढाइ हुँदै आएको छ । अहिले यो विद्यालयमा झण्डै १४८ भन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन् । हिउँदमा प्रयास हिउँ आइरहेको हुन्छ। चिसो अत्यधिक मात्र हुने हुँदा विधालयको प्राङ्गणमा हिउँ माथी त्रिपाल विछ्याइए एक दिने विद्यार्थी, अभिभावक र शिक्षक बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

‘विधालय बालबालिका पढाई सुधार संगै भौतिक विकासको काममा पनि उत्तिकै खटिएको छु ।’ पहिलेको विधालयको अवस्था हेर्नुपर्ने हो धेरै सुधार आएको छ। यसलाई थप सुधार गर्नुपर्ने काम आजभोलि आफू विधालयमा रातदिन निरन्तर लागिपरेको छु । “अझ शिक्षा गुणस्तरीय बनाउन शिक्षक, अभिभावक र विद्यार्थी लगायत सबै भुमिका रहेकोे छ।” अहिले विद्यार्थीहरु पढाई गुणस्तर बढ्दै गइरहेको प्रधानाध्यापक रावतले बताउनुभयो ।

कमेन्टहरु