देश

ओली समर्थकप्रति बाबुरामको टिप्पणी : खसीको टाउको छिनेपछि पुच्छर केहीबेर फिटिफिटी गर्छ

जगत ठाडा मगर
२०७८ साउन १ | बिहान ०८:०४ बजे

काठमाडौं । जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् ।

ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरे जस्तै भनेर टिप्पणीसमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’

भट्टराईले कुर्सीमा नरहे आकाश नै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद-फासीवादसँग मिल्दोजुल्दो भएको पनि उल्लेख गरेका छन् ।

कमेन्टहरु