मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कार्यस्थलमा आधारित सीप/क्षमता विकास र जीवनउपयोग तालिम उद्घाटन


बाजुरा, माघ ०७ । जिल्लाको पुर्वी भेगमा पर्ने हिमाली गाउँपालिकामा कार्यस्थलमा आधारित सीप/क्षमता विकास तालिम र जीवनउपयोगी सीप विकास तालिम उद्घाटन समारोह सुरु गरिएको छ । “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने अभियानका साथ हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा भेरी राप्ती प्राविधिक शिक्षालयको आयोजनामा तालिम सञ्चालन भएको छ । एक कार्यक्रम बिच पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन गरेका छन । विशेष गरेर तालिम मुख्य उद्देश शहर तथा गाउँ घरमा बन्दै घरेका घर पुरानो तरिकाले भन्दा पनि नयाँ प्रविधिक बनाउने समेत कुरा राखेका छन । अब गाउँमा सीप सिकेर केही पहिलेको भन्दा फरक हिसाबले घरहरू बनाउन सकिने भएको छ । समुदाय बनाउन लागेको गाउँ तिर बन्दै गरेका भुकम्प प्रतिरोध घरहरू जस्ता लगाउन काम यो तालिम सहयोग मिल्ने भएको प्रशिक्षक रमेश शाहीले बताएका छन।
उहाँले बताउनुभयो, “गाउँमा विकास गर्ने क्रममा काम गर्दै गर्दा प्रमाणपत्र भएका मान्छेले मात्र मिस्री काम पाउने छन । अब जसले मिस्री काम गर्नेलाई मात्र बिकास काम पहिलो प्राथमिकता दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।” सीप सिकेर कम लागत बलियो घर संगै पहिले भनेको घरहरूलाई नयाँ प्रविधिक तरिकाले तालिम लिने सबैले गर्ने छन । जसले गाउँमा गएपछि पहिलोको भन्दा फरक तरिकाले बनाउन सक्ने खाल तालिम प्रदान गरिने भएको छ । सीपमा ढुङ्गा फुटाउने काम देखि घरहरू लगाउने समेत गर्न सक्ने भण्डारीले बताए ।
उहाँले बताउनुभयो, “प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँमा भएका बेरोजगार युवाहरूलाई रोजगार दिने सक्ने कार्यक्रम भन्ने बुझिन्छ । आफ्नो देश केही सीप सिकेर घरमा रोजगार बनाउनको लागि तालिम सञ्चालन गरिएको छ ।” तालिम प्राप्त गरियो भने देशको जुनसुकै कुनामा गएर खान सकिन्छ । अनिवार्य रूपमा सीप सिकेको प्रमाणपत्र लिन सक्यो आफ्नो जीविकोपार्जन गर्न सकिने हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्किले बताएका छन।
उहाँले बताउनुभयो, ” युवा रोजगार बन्न र बेरोजगारी युवाको रुपान्तरण गर्नको लागि तालिम दिएको छ । तालिम दिनको मुख्य उद्देश्य भनेको अब गाउँ देखि सहरमा घरहरू बनाउदा सिमेन्ट र सरिया प्रयोग गरेर बनाइनेछ । त्यो बनाउने काम सबै काम तालिम लिएको मान्छेले मात्र काम गर्न मिल्छ । घर पक्का बनाउन लागि सीप सिकेको मान्छे भयो भने गाउँमै काम गरेर रोजगारी बन्न सकिन्छ ।” हामीले अहिले निर्णय गरेको हिमाली गाउँपालिका २२ वटा बिधालय दिवा खाजा घर निर्माण गर्नका लागि सीप सिकेर रोजगारी बनाउनका लागि यो कार्यक्रम गरिएको हो । सबै मान्छे रोजगार गर्नका निम्ति हामीले तालिम सञ्चालन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो। रुपान्तरण गरेका तालिम लिएका मात्रले अब बन्ने बिधालय दिवा खाजा घरको भान्सा घर निर्माण गर्न पाउने भएका छ्न। तालिम नलिने मान्छे प्रमाणपत्र बिना निर्माण हुने संरचना बनाउने नमिल्ने भएको छ। हिमाली गाउँपालिका नमुना बनाउन तालिम लिने महत्त्वपूर्ण भुमिका रहनेछ। सीप सिकेर केही प्रगतिको शुभकामना समेत दिएका छन।
“माग्ने बाट बन्द गरेर आफै कामाउने होस भन्ने हिसाबले युवा रुपान्तरण कार्यक्रम सञ्चालन गरिएको हो।” आफू सिकेर बेरोजगारीलाई रोजगार बनाउन लागि ४० जनालाई दक्ष जनशक्ति उत्पादन गर्नका लागि यो युवा रुपान्तरण कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरेको छ । तालीम ५० दिनसम्म सञ्चालन गरिने र यसमा ४० दिनसम्म कार्यस्थलमा आधारित सीप/क्षमता विकास तालिम र १० दिनसम्म जीवनउपयोगी सीप विकास सम्बन्धि तालिम सुरु गरिएको कार्यक्रम संचालक विर्ख पाण्डेले बताए । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। अतिथि उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी सबै वडा अध्यक्षहरु कार्यापालिका सदस्य तालिम प्रशिक्षक लगायत तालिम लिने ४० जनाहरुको उपस्थिति कार्यक्रम उद्घाटन गरिएको भेरी राप्ती प्राविधिक शिक्षालयका प्रमुख पारश शाहीले बताएका छन।























