मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्थानीय तहमा खाद्यान्न आपूर्ति गर्न खाद्यान्न कम्पनी र नगरपालिका बिच सम्झौता


बाजुरा, माघ ०७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय काठमाडौ र बुढिनन्दा नगरपालिका बीच स्थानीय तहमा खाद्यान्न आपूर्ति व्यवस्थापन सम्बन्धी समझदारी गर्न सम्झौता गरिएको छ। खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायतका अत्यावश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यवसायिक रुपमा सक्षम संस्थाको रुपमा स्थापित हुने परिलक्ष्यका साथ स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाण्डौ र बुढिनन्दा नगरपालिकाका बीच कम्पनीबाट तथा स्थानीय स्तरमा उत्पादित खाद्यान्नको आपूर्ति व्यवस्थापन गर्न/गराउन दुवै पक्षको बिचको सम्झौता गरिएको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।
दुर्गम क्षेत्रका जनतालाई सहज / सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउन नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गर्न, खाद्यान्नको सङ्कलन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने, स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालीहरूको संकलन, बजारीकरण र विक्रीको सुनिश्चितताका लागी सहकार्य तथा सहजीकरण गर्ने उद्देश्य रहेको छ। प्रथम पक्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय काठमाडौ खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन मिलाउने, जनशक्ती व्यवस्थापन तथा कम्प्युटर बिलिङ्ग प्रणाली संचालन गर्ने, स्थानीय तहले संकलन गरेका रैथाने वालीहरूको खरिद र बजारीकरण गर्ने छ। त्यस्तै गरि नेपाल खाद्यको बिक्री तथा खरिद कक्षमा आवश्यक पर्ने खाद्यान्नको नियमित आपूर्ति सुनिश्चित गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय काठमाडौ प्रमुख भुमिका रहनेछ । विद्यालय दिवा खाजाको लागि आवश्यक पर्ने पौष्टिकतत्वं स्तरोन्नति गरिएको चालमको व्यवस्थापन कम्पनीले गर्नेछ। भने पालिकाले उपलब्ध गराएको गोदाम देखी विद्यालय सम्म पुन्याउन लाग्ने दुवानी खर्च पालिकाबाट भुक्तानी गर्नुपर्नेछ। विकी कक्ष देखी अन्य गाउँ टोलमा खाधान ढुवानी गराउनु परेमा सो को दुबानी वापतको खर्च पालिकाले व्यहोर्नु पर्ने नगर् प्रमुख बोहराले बताए ।
रैथाने बालीहरूको संकलन र बजारीकरण प्रक्रिया गर्ने नगरपालिकाले आफ्नो पालिकामा उत्पादन हुने रैथाने बालीको परिमाण यकिन गरी कम्पनीलाई जानकारी दिनेछ। निश्चित परिमाण (कम्तीमा एक ट्रक पुगेपछि संकलित रैथाने बालीलाई कम्पनीले खरिद गर्नेछ। बजारीकरणका लागि कम्पनीले आन्तरिक तथा बाह्य बजारहरू खोजी गर्ने र रैथानेवालीको गुणस्तर कम्पनीको मापदण्ड अनुसार हुनु पर्नेछ । सम्झौताको अवधि कम्तीमा पाँच वर्षको लागि लागू भएको छ। आवश्यकता अनुसार परिमार्जन वा नवीकरण गर्न सकिनेछ । खाद्यान्नको गुणस्तर, मूल्य निर्धारण र ढुवानी मापदण्डहरू कम्पनीको नियम अनुसार दुबै पक्षको सहमतिमा तय गरिनेछ ।
बिक्री कक्षको सञ्चालन समय स्थानीय आवश्यकता अनुसार निर्धारण गरिनेछ । रैथाने बाली खरिद गर्दा स्थानीय कृषकहरूको उत्पादनलाई प्राथमिकता दिइनेछ । पालिकाले मुख्य विक्री कक्ष बाहेक सहायक विक्रीकक्षहरु स्थापना गर्न चाहेको अवस्थामा मुख्य बिक्रीकन देखी सहायक विक्रीकक्ष सम्मको डुवानी भाडा र सहायक विक्रीकक्षमा कार्यरत कर्मचारीको लागि लाग्ने खर्च रकम सम्बन्धित स्थानीय तह स्वयमले व्यहोर्नु पर्नेछ भने कम्प्युटर बिलिङ र खाद्यान्नको मौज्दात व्यवस्था कम्पनीको तर्फबाट गरिने बुढिनन्दा नगरपालिका जनाएको छ।























