बिश्व

हमासले १५ महिनादेखि बन्धक बनाएका तीन तन्नेरी इजरायल फर्किए, युद्धविरामको अन्तिम घडीमा १९ मारिए

एजेन्सी
२०८१ माघ ७ | बिहान ०५:१० बजे

काठमाडौं । हमासले गाजामा १५ महिनादेखि बन्धक बनाएका तीन जना इजरायल फर्किएका छन् । इजरायली सेनालाई बुझाउनु पहिले हमासले बन्धकलाई गाजामा उपस्थित रेडक्रमसलाई सुम्पिएको थियो ।

त्यसरी रिहा हुनेमा ३१ वर्षीय डोरोन स्टिनब्रेचर, २८ वर्षीय एमिली दामरी र २४ वर्षीय रोमी गोनेन छन् । हमासका अनुसार रिहा गरेका प्रत्येक बन्धकको सट्टा ३० प्यालेस्टाइनी कैदीलाई इजरायली जेलबाट मुक्ति गरिने छ । जसको अर्थ ३ बन्धक छुटेबापत ९० प्यालेस्टाइनी कैदी इजरायली जेल मुक्त हुने विश्वास गरिएको छ । 

तर, अहिलेसम्मको अवस्थाले हमासको सोंच अनुसार हुने कुनै संकेत मिलेको छैन । गाजामा निकै लामो प्रतिक्षित युद्धविराम आखिरी मिनेटपछि लागू भइछाड्यो । तर, प्यालेस्टाइनीहरु आफ्ना नष्ट भएका घरमा फर्किने खुशीमा भने चिसो पसेको छ । 

युद्धविराम लागू गर्न ढिलाई गरेको इजरायलले अन्तिम समयमा समेत आक्रमण नछोडेको र जसमा १९ जना मारिएको हमासद्वारा सञ्चालित सुरक्षा एजेन्सीले जनाएको छ । 

कमेन्टहरु