६९ वर्षको उमेरमा नागरिकता पाए


बाजुरा, माघ ०६। जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका- ६ पाँडी गाउँका कर्ण सिंह रावलले जिल्ला प्रशासन कार्यालय बाजुराबाट ६९ वर्षको उमेर नेपाली नागरिकता पाएका छन ।
भारतका ज्यामी काम संगै विभिन्न ठाउँमा जेल जीवन बिताएर गाउँमा आएका हुन । उहाको नागरिकताको लागि २०७८ सालदेखि लामो समयको अर्थ प्रयासमा आइतबार दिउँसो नागरिकता बनाउन सबै कागजात प्रक्रिया तयारी गरिसकेपछि ३ दिन मार्तडी बसेर आज नेपाली नागरिकता पाएका उनका आफन्त कर्ण बहादुर रावलले बताउनुभयो ।
बृद्धअबश्थाको उमेरमा नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय प्रमुखको हातबाट पाउदा खुशी भएका छन । नागरिकता पाएपछि विभिन्न पाउने सेवा सुबिधा सजिलोसँग लिन सक्ने भएका छन । अहिलेसम्म नागरिकता नबनेको कारणले हरेक सहुलियतबाट बन्चित भएका थिए । अब हातमा नागरिकता उपलब्ध भएपछि नेपाल सरकारले दिइने सेवा समेत सानोतिनो भएपनि पाउनेछन् ।
बृद्धअबश्था हुँदा भारतबाट गाउँमा आउँदा घरमा आमाबाबु मृत्यु भएको श्रीमतीले अर्कै संग विवाह गरेको हुँदा अहिले उनको जग्गा जमिन प्रशस्त भएपनि कामधाम गर्ने अवस्था नभएकोले अहिले आफ्नो घरमा पालनपोषण गर्दै आइरहेको उनका आफन्त रावलले बताए ।























