देश

काठमाडौं उपत्यकामा फेरि १० दिन निशेधाज्ञा थपियो

जगत ठाडा मगर
२०७८ असार ३१ | मध्यान्ह ०७:०३ बजे

जितेश मण्डल
असार ३१ / काठमाडौं: कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्बिएको छ ।

विहीबार ललितपुर, काठमाडौं र भक्तपुरका तीन वटै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

त्यस्तै, अब सबै खालका पसलहरु साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् । तर, अन्य आदेश र प्रावधानहरु भने साविककै कायम रहने बताइएको छ ।

कमेन्टहरु