कृषि, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
जलवायु मैत्री सामाग्री वितरण


बाजुरा, माघ ५ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –४ मा जलवायु मैत्री सामाग्री वितरण गरिएको छ । रोयल न्रवेलियम सरकार र युनडीपीको आर्थिक सहयोगमा लिवर्ड द्वारा सञ्चालित रेरास परियोजनाले वडा न ४ का स्थानीयहरुलाई सो सामाग्री वितरण गरिएको हो ।
फैती गाउँका ३७ जनालाई झोलमल ड्रम तीन वटा प्रत्येक व्यक्तिलाई थोपा सिचाइका लागी पाइप ३७ जनालाई ६ लाइन पाइप र ३० जनालाई सिचाइको लागी कालो पाइप १४ सय मिटर दिएको रेरास परियोजनाले कृषि प्राबिधिक कमल ओलीले बताए।
त्यस्तै गरि गडैयौला मल उत्पादनका लागि संरचना निर्माण गर्नेका लागि १०र१० हजार ९ जनालाई र गोड सुधारका लागि ७ जनालाई प्रत्येक व्यक्तिलाई १०र१० हजार सहयोग गरिएको छ। सिमेन्ट पोखरी बनाउनका निम्ति ३ जनालाई १०र१० हजार बराबर आर्थिक सहयोग, पाँच समुहका १ सय ५० जना सदस्यहरुलाई सिजन अनुसार बिउ समेत वितरण गरिएको छ। यो भन्दा अगाडि गाउँमा ३७ जना व्यक्तलाई ट्रनेल निर्माण र चार वटा मेसिन सय प्रतिशत अनुदानमा धान कुट्ने मकै निकाल्ने कोदो चुटने र गेडा पिस्ने मेसिन समेत दिएको कृषि प्राविधिक ओलीले बताएका छन।


















