देश

जीपको ठक्करबाट गुल्मीमा मोटरसाइकल चालकको मृत्यु, जीपमा सवार चार जना घाइते

जगत ठाडा मगर
२०७८ असार ३१ | मध्यान्ह ०३:०३ बजे

गुल्मी । गुल्मीमा जीप र मोटरसाइकलबिच दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जीपको ठक्करबाट मृत्यु हुने मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त दुर्घटनामा जीपमा सवार चार जना घाइते भएका छन् ।

धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जीपको ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बिछ बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि जीप पल्टिएको थियो ।

घाइतेहरुको भने गुल्मी अस्पतालमा उपचार भइरहेको छ । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए ।

कमेन्टहरु