मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

मानव संशोधन केन्द्र बाजुराको १७ औं वार्षिक साधारणसभा सम्पन्न

उमेश रोकाया
२०८१ माघ ४ | मध्यान्ह ०९:१० बजे

बाजुरा, माघ ०४ । मानव संशोधन केन्द्र बाजुराको १७ औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ। मानव संशोधन केन्द्र बाजुराको आयोजनामा मार्तडीमा गरिएको हो। भेदभाव र परनिर्भरता रहित सिर्जनाशिल समाज परिकल्पना, विकासको लागि अधिकार सम्पन्न सामाजिक संरचना भन्ने अभियानका साथ बाजुरा जिल्लामा काम गर्दै आइरहेको छ। मानव संशाधन केन्द्र बाजुरा १७ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा अहिले यो संस्था एक्कसी वर्ष पूरा हुँदैछ। संस्था स्थापनाको दौरानमा विभिन्न कठिनाइ र चुनौतीको सामना गर्दै आइरहेको छ। संस्था स्थापनाको वर्ष २०५९ सालमा संस्था स्थापना गर्दा देश चरम सशस्त्र द्वन्दको पिडामा गुर्जिरहेको छ। सामाजिक सचेतता र सशक्तीकरणको क्षेत्र समेत ओझेलमा परेको थियोे। सामाजिक कुरितिहरु तथा अन्धविश्वासले समाजलाई ग्रस्त बनाइरहेको थियोे भने विभेद र छुवाछूतको खाडल झन गहिरिदै गरेको अवस्थामा छ। संस्थालाई यहाँसम्म पुर्‍याउने विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्ण धन्यवाद दिएका छन।

हालसम्म संस्थाले सामुयीक पुस्तकालय स्थापना, लौठोलाई जैतुन बनाउने अभियान, सामुदायिक रेडियो कार्यक्रम, महिला अधिकार र बाल अधिकारको सावल, खाद्य अधिकारको सवाल, रैथाने वाली प्रवर्द्धन, इन्नोभेटिभ टेक्नोलोजी, मुक्त हलिया पुनःस्थापन, पुर्वाधार विकास सहयोग, जीविकोपार्जन सुधार, क्षमता विकास तथा सीप विकास, र संस्थागत विकास मुख्य कामहरु उपलब्धि भएका छन। मानवीय क्षमताको अभिवृद्धि नभई संस्थगत सुदृढीकरण नहुने भएकोले संस्थामा नियमित जनशक्तिको क्षमता अभिबृदीमा जोड दिइने छ। स्थानीय तह सङको सहकार्यमा कृषि तथा पशुपालनको पहिचानलाई आधुनिक प्रविधियुक्त बनाइ व्यवसायीकता विकास गर्न जोड दिने मानव संशोधन केन्द्र बाजुराका अध्यक्ष नीर बहादुर शाहीले बताएका छन।

गाउँपालिका तथा नगरपालिकाहरु संग समन्वय गरि छाउपडी मुक्त टोल तथा गाविस घोषणामा आवश्यक पहल गरिने, दलित जनजाति तथा विपन्न परिवारलाई जिविकोपार्जन सुधार विशेष कार्यक्रम सञ्चालनमा पहल गरिने छ। स्थानीय निकाय तथा जन संगठनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने पैरवी गरिने भएको छ। १७ औं वार्षिक साधारणसभा अध्यक्ष नीर बहादुर शाहीको अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको हो। वार्षिक साधारणसभा भव्यरूपमा सम्पन्न गर्न खटिने संस्थाका कर्मचारी तथा कार्यसमिति पदाधिकारीलाई धन्यवाद समेत दिएका छन।

कमेन्टहरु