शिक्षा

विद्यार्थीलाई फ्यान स्टिकर अंकित टिसर्ट वितरण

देवराजा यादव
२०८१ माघ ४ | मध्यान्ह ०७:१० बजे

सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका कक्षा आठ, नौ र दशमा अध्ययनरत फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टिसर्ट वितरण गरेको छ । लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियान जिल्ला कार्य सम्पादन समितिको आयोजनामा विद्यार्थीलाई फ्यान स्टिकर अंकित टिसर्ट प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिकामा दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टिसर्ट वितरण गरिएको जनाएको छ । फ्यान जिल्ला कार्य सम्पादन समितिका संरक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको अध्यक्षता र देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आथित्यतामा विद्यार्थीलाई फ्यान स्टिकर अंकित टिसर्ट वितरण गरेको छ ।

photo 2025 01 17 19 03 05

सोही अवसरमा भिते पत्रिका प्रकाशनका बारेमा प्रशिक्षण दिएको देवानगंज गाउँपालिकाका शिक्षा शाखाका राजकुमार मेहताले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अथिति बेचन प्रसाद मेहताले लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा योगदान गर्ने र विद्यार्थीमा रहेका प्रतिभा तथा रचना गर्ने प्रतिभा भए पनि त्यसलाई बाहिर निकाल्ने माध्याम नभएकोले भिते पत्रिकाले सार्थक पार्ने बताउनुभयो । उहाँले प्रतिभा प्रस्फुटन गर्न र लागु पदार्थ दुव्र्यसनबाट जोगिन समेत सहयोग पुग्ने उदेश्यले पाँच माविमा अध्ययनरत विद्यार्थीहरुलाई भित्ते पत्रिका लेखन तालिम प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष बिभा कुमारी यादवले विद्यालयमा हुने सबै खाले गतिविधि प्रकाशन गर्न, स्थानीय सवाल, प्रतिभा प्रस्फुटन र शिक्षक विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गर्न तालिम प्रदान गरिएको बताउनभयो ।

photo 2025 01 17 19 03 14

कार्यक्रममा देवानगञ्जका शिक्षा शाखा प्रमुख, फ्यान जिल्ला कार्यसम्पादन समितिका सहसंयोजक चन्द्र बराल, सचिब रोमा रिजाल, सल्लाहाकार जयकृष्ण यादव विधालयका फोकल शिक्षकहरु शिवनारायण यादव, टिमाई यादव, पत्रकार ब्रहमदेव मेहता, विभिन्न सरकारी विधालयमा गठित क्लवका पदाधिकारीहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यसैबीच देवानगञ्जमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियान अन्तरगत फ्यान क्लवका पदाधिकारीहरुलाई टिसर्ट वितरण गरिएको छ । प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, पत्रकार जयकृष्ण यादव, रोमा रिजाल सहितले अभिमुखीकरण गर्नुभयो । फ्यान कार्यक्रम सञ्चालन भएको गाउँपालिकाको श्रीकृष्ण मावि, श्री मावि पाँचोसिम्बर, श्री अमरसिंह मावि साहेवगञ्ज, जनता मावि मध्यहर्षाही र श्रीमावी देपानगञ्ज सहित पाँच वटै माविबाट फ्यान क्लवका पदाधिकारी र क्लव हेर्ने सम्पर्क शिक्षकको सहभागिता रहेको थियो । तालिमका क्रममा पत्रकारिताका बारेमा सहजिकरण गर्नुका साथै समाचार, फिचर, खेल, अन्र्तवार्ता, साहित्यका रचनाका बारेमा जानकारी गरिएको छ ।

photo 2025 01 17 19 03 07

सहजकर्ता सञ्चारकर्मी रोमा रिजाल र जयकृष्ण यादवले भित्ते पत्रिकामा समेटिने बिषय बस्तुका बारेमा पनि जानकारी गराएका थिए । तालिममा सिकेको कुराबाट विद्यार्थीहरुले भित्ते पत्रिका तयार पार्ने प्रतिवद्धता जनाएका थिए ।कार्यक्रममा देवानगञ्ज ३ का वडा अध्यक्ष अनिल कुमार भगतले पत्रकारिता गर्नका लागि यो सहजिकरण सहयोगी हुने बताउनुभयो ।

तालिममा सिकेको कुरालाई अव सबै विद्यालयमा भित्ते प्रत्रिका प्रकाशन गरेर प्रयोगमा ल्याउन आग्रह गरेको थियो । विद्यार्थीले भित्ते पत्रिका निकाल्ने कार्य गरे सामाग्री सहयोग गर्न आफ्नो वडा कार्यालय तयार रहेको वडा अध्यक्ष भगतले बताउनुभयो।

कमेन्टहरु