कर्णाली प्रदेश, मुख्य समाचार, समाचार, स्वास्थ्य

मुगुको खत्याडमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

उमेश रोकाया
२०८१ माघ ४ | मध्यान्ह ०६:१० बजे

बाजुरा, माघ ०४ । मुगु जिल्ला खत्याड गाउँपालिका निःशुल्क एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। खत्याड गाउँपालिकाको आयोजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा श्रीकोट स्वास्थ्य चौकी, चिमाडुङ्ग्रीमा माघ ९ र १० गते दुई दिन स्वास्थ्य शिविर सञ्चालन गरिने भएको नि.प्रमुख प्रशासकीय अधिकृत वासुदेव कार्कीले बताउनुभयो।

निःशुल्क एकिकृत स्वास्थ्य शिविरमा हाडजोर्नी, बाल मुटुरोग, स्त्रीरोग, सामान्य चिकित्सा र फिजियोथेरापी सम्बन्धि रोगीहरु उपचार गरिने भएको छ। स्वास्थ्य शिविर सञ्चालनमा सबैले मौकाको फाईदा लिनु हुन गाउँपालिकाले पत्राचार गरिएको छ।

कमेन्टहरु