प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत र्याण्डी बेरीले प्रत्यक्ष भेटेरै दिए बधाई

जगत ठाडा मगर
२०७८ असार ३१ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत र्याण्डी बेरीले प्रत्यक्ष भेटेरै बधाई दिएका छन् ।
देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका राजदूत बेरीले बिहीबार देउवालाई भेटेका हुन् । देउवालाई भेट्न राजदूत बेरी बिहीबार बुढानीलकण्ठस्थित देउवाको निवास पुगेका थिए ।
भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै उनको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवाको सचिवालयले जनाएको छ ।























