देश

नवनियुक्त प्रधानमन्त्री देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने

जगत ठाडा मगर
२०७८ असार ३१ | मध्यान्ह १२:०३ बजे

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवारको दिन सरकारी निवास बालुवाटारमा सर्नु हुने भएको छ । गएकाे मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उहाँ भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे बुधवार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानीलकण्ठबाट बालुवाटार सर्न लाग्नु भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गएकाे सोमवार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

प्रधानमन्त्री देउवा आज पनि छलफल र भेटघाटमा व्यस्त हुनुहुन्छ । एमाले नेता माधवकुमार नेपाल पक्षको सहयोग पाएन भने देउवा नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाउने जोखिम छ ।

हिजो उहाँले नेता नेपाललाई आफूलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

कमेन्टहरु