अदालतभित्रै कुटिए रास्वपा कार्यकर्ताबाट अधिवक्ता त्रिपाठी

नवलपुर टुडे
२०८१ माघ २ | मध्यान्ह ०५:१० बजे

काठमाडौँ, माघ २ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं जिल्ला अदालतभित्रै कुटिएका छन्। त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले अदालतभित्रै आक्रमण गरेका हुन्।
रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।


















