मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
अज्ञात समुहद्धारा घर लुटपाट


बाजुरा, माघ ०२ । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ लाम्पाटाको एक घरमा चोरी भएको छ । हिमाली ३ को लाम्पाटाका प्रेमागारा गुरूङको घरमा अज्ञात समुहद्धारा चोरी भएको हो । गुरुग भेडा बाख्रा पालन गर्दै आइरहेका छन् । यहाँ हिउँदमा अत्यधिक हिउँ धेरै पर्ने हुर्दा लाम्पाटाको घरबाट बाख्रा,भेडा तल बौडी गाउँमा ल्याएको एक हप्तामै घरको ताला तोरफोर गरेर घरमा रहेको हिरा, मोति, मुगा, पुलिग,चादी, कासो र लत्ताकपडा खाद्यान्न लगायत खानेपानी डरम बलाङकेट घरमा भएको जतिको सामान एक अज्ञात समुह द्वारा लुटपाट गरेर चोरी भएको पीडित प्रेमागारा गुरूङले बताउनुभयो।
लाम्पाटामा लामो समयसम्म होटल पसल चलाऐकी उजेली जेठाराको होटलमा बसेका १२ जना गुरूपको समूहले घरको सामान लुटपाट गरेका हुन। अहिले घर चोरी गर्ने समुह मध्य मध्ये एक जनाको नाम खुल्न आएको छ। ती हुन हुम्ला जिल्ला खारपुनाथ गाउँपालिका वडा नम्बर २ मा बस्ने लोकेश रावल एक जना पत्ता लागेको छ। चोरी गर्ने अज्ञात समुहलाई कानुनी कारबाही गरी क्षतिपूर्ति उपलब्ध छिटो पहल गरिदिनु हुने अनुरोध गरेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो।
बिच्छयाँ प्रहरी चौकी नेटा, हिमाली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई लाम्पाटा ठाउँमा हुम्ला बासिन्दाले दाबि गर्दै आएकाले यसमा ध्यानाकर्षण समेत गराएको छ। अहिलेसम्म ५ परिवार लाम्पाटामा बस्दै आइरहेका छन् । तर उनीहरूलाई धम्की दिने, कुटपिट गर्ने, गालिगोलज गरिरहने गरेका छन। चोरी लगायत समाज विभिन्न घटनालाई नियन्त्रण गनका लागि प्रहरी चौकी स्थापना गरियो भने घटना नदोहो¥याउन खालको अवस्था देखिन्छ। त्यहाँ नजिकै बाजुरा जिल्लाकै रमणीय पर्यटकीय स्थल रानिसैनलाई सबैभन्दा छिटो सिमा सुरक्षा गर्न स्थानीय, प्रदेश तथा केन्द्र सरकारको निकायले ध्यानाकषिर्त जरुरी रहेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन।























