अपराध

आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ

नवलपुर टुडे
२०८१ माघ २ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

कोषले २६ पुसमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । उनका अनुसार, आशिकालाई ‍अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ 

कमेन्टहरु