दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी र मोरङ विराटनगर उपमहानगरपालिका-४ बस्ने ६५ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सुनसरी प्रहरीका अनुसार न्यायाधीश रेग्मीको कान, खुट्टा र हातमा चोट लागेको छ। भने कृष्णको मुख र हातमा चोट लागेको छ।
प्रहरीले तीव्र गतिका कारण कारको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ। कार चालक ५४ वर्षिय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।




















