खेलकुद

तीन दिने कुस्ती महोत्सव सुरु

दिप्शन गुरुङ
२०८१ माघ १ | मध्यान्ह ०८:१० बजे

देवराजा यादव
सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ शुसवनीमा मकर संक्रान्तिको अवसर पारेर तीन दिने कुस्ती महोत्सव सुरु भएको छ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको आतिथ्यतामा महोत्सवको उद्घाटनमेलाको अध्यक्ष जितेन्द्र यादव, कोषाध्यक्ष चन्दन यादव, र सचिव रामरूप यादवले खादा माला सहित अतिथिहरूलाई सम्मान गरेका थिए। सचिव यादवका अनुसार मेलामा परम्परागत नाचगान, कुस्ती प्रतियोगिता, र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि अजमल अख्तर आजादले धार्मिक क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ७ का वडाध्यक्ष बौवालाल यादव, तत्कालीन नरसिंह गाउँ विकास समितिका अध्यक्ष रामप्रसाद यादव, उपाध्यक्ष सत्रुधन यादव, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखा सभापति युवराज दाहाल, र शिक्षा तथा खेलकुद विकास शाखाका कृष्ण विष्टको उपस्थिति रहेको थियो।photo 2025 01 14 20 19 18

 

कमेन्टहरु