परासीकाे शान्तिचाैरमा लगाईएकाे हाटबजार प्रहरीले बन्द गरायो (भिडियो सहित)

नवलपुर टुडे
२०७८ असार ३० | मध्यान्ह ०९:०३ बजे

नवलपरासी/असार ३० । आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वर्डा नं १२ शान्ति चाैरमा लगेकाे हाटबजार जिल्ला प्रहरी कार्यालयकाे टाेलीले बन्द गराएकाे छ ।

पश्चिम नवलपरासीमा बैशाख २१ गतेदेखि निषेधाज्ञा भए यता हाटबजार रहेकाेले करिव १५ दिन देखि निषेधाज्ञा खुकुलो भएसँगै हरियाे तरकारी, माछा, खाध्यान्न लगाएतकाे हाटबजार लाग्दै आएकाे एक व्यवसायीले बताएका छन् ।
उनिहरुकाे राेजिराेति यहीँ रहेकोले सरकारले साजिक दुरिकायम गरि बजार लगाउन दिनुपर्ने व्यापारीहरुकाे माग रहेकाे छ । तर प्रहरीले हाटबजार बन्द गराएकाेले उनिहरुले विराेध गरेका छन् । भने एक प्रहरी टाेलीले बजार बन्द गराएकाे थियाे र अर्को टाेलीले बजार लगाउन आदेश दिए पछि बजार लगाईएकाे व्यापारीहरुले बताएका छन् ।























