खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिक तेस्रो राष्ट्रपति रनिङ शिल्डमा उपाधि शम्भु सुनन्दा मावि


बाजुरा, पुष २९ । स्वामीकार्तिक खापर गाउँपालिका तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि शम्भु सुनन्दा माध्यमिक बिधालय जुकोट हात पारेको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” अभियानका साथ स्वामीकार्तिक माध्यमिक बिधालय वाइमा पुष २५ देखि २९ गतेसम्म रनिङ सिल्ड सञ्चालन गरिएको हो। पालिका भित्रका ६ वटा माध्यमिक बिधालयका खेलाडी सहभागिता भएका हुन। रनिङ सिल्डमा शम्भु सुनन्दा माध्यमिक बिधालय जुकोट १० रजत ७ कास्य ८ स्वण ल्याएर पहिलो स्थान, कुलादेवी माध्यमिक बिधालय बर्कु स्वण ८ रजत १० कास्य ४ ल्याएर दोस्रो स्थान सफल र स्वामिकार्तिक माध्यमिक बिधालय वाई स्वण ६ रजत ७ कास्य ८ ल्याएर तेर्सो स्थान हासिल गरेको छ।
शम्भु सुनन्दा माध्यमिक बिधालय जुकु स्वण ३ रजत ३ कास्य ८ भैरवनाथ माध्यमिक बिधालय जेरा स्वण ३ रजत ० कास्य ४ राघुमाता माध्यमिक बिधालय साप्पाटा स्वण ० रजत ३ कास्य २ ल्याउन सफल भएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ। खेलकुद प्रतियोगितामा बिजेता हासिल गर्ने पहिलो स्थान हासिल गर्ने शम्भु सुनन्दा माध्यमिक बिधालय जुकोटले सिल्ड र कप उचालेर पालिका अध्यक्ष भरत बहादुर रोकायाले हस्तान्तरण गरेका छन। अरु बिजेता खेलाडी टिमहरुलाई प्रमाणपत्र र मेटल सहित कार्यक्रम अतिथिहरुले हस्तान्तरण गर्नु भएको छ।
गाउँपालिका विजेता भएका खेलाडीहरु उत्तरोत्तर प्रगतिको कामना गर्दै रनिङ सिल्डमा सहयोग गर्ने सम्पुर्ण खेल शिक्षक, खेलाडी, आयोजक, सुरक्षाकर्मी र पत्रकार लगायतहरुलाई स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले धन्यवाद दिएका छन। तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समापन कार्यक्रम अध्यक्षता स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया रहनु भएको छ। अतिथि उपाध्यक्ष सुलचना बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया सहित जनप्रतिनिधि, राजनीतिक दल पाटी प्रतिनिधि, सुरक्षाकर्मी, खेल प्रशिक्षक संगै खेलाडीहरुको उपस्थितिमा स्वामीकार्तिक खापर गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड समापन गरिएको कार्यक्रम संचालक नहकुल जोशीले बताउनुभयो।























